दाङको तुलसीपुरमा खाद्य बैंकलाई १० क्वीन्टल चालम सहयोग
तुलसीपुर, २० चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको खाद्य बैंकलाई यस क्षेत्रका संस्थाहरुले सहयोग गरेका छन् । तुलसीपुरमा क्रियाशिल इनलासे नेपाल र आयोलन मन्डलीले १० क्वीन्टल चामल सहयोग गरेका हुन् । उक्त सामग्रीलाई ईनलासेका कार्यकारी निर्देशक ऋणा पुन र आयोलनका सालिकराम शाहुले उपमहानगरपालिकाको विपद व्यबस्थापन शाखा प्रमुख भिमप्रसाद खत्रीलाई सहयोग गरेका हुन् । त्यस्तै बञ्जाडे आयल मिलका सञ्चालक भवानी प्रसाद बञ्जाडेले ३५ किलो दाल सहयोग गरेका हुन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन तथा रोकथामकालागि लकडाउन घोषणा गरेपछि उपमहानगरपालिकाले स्थापना गरेको बैंकमा उनीहरुले सहयोग गरेका हुन् । आफ्नो सहयोगले दैनिक ज्यालामजदुरी गरेर छाक टार्नेहरुलाई सहज हुने बताएका थिए । उनीहरुले लकडाउनको समयमा दैनिक छाक टार्न समस्या हुनेहरुलाई राहत प्रदान होस्, भनी सहयोग गरेका हुन् ।