सल्यानमा घाँटीमा मासु अड्किदा एक जनाको ज्यान गयो
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/04/94001006_838501259989261_4111445349191647232_n.jpg)
कृष्ण अधिकारी,
वैशाख ७, सल्यान,
सल्यानमा घाँटीमा मासु अड्किदा एक जनाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका १३ का ६९ वर्षिय देवीलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालसल्यानले जनाएको छ । सल्यानचौर स्थित स्थानीयको घरमा गएको उनको मासु खाने क्रममा घाँटीमा मासु अड्किएको थियो हाम्रा संवाददाता।कृष्ण अधिकारीले जानकारी दिएका छन् ।उपचारका लागि उनलाई सल्यान जिल्ला अस्पताल ल्याउदा अस्पतालले उनलाई मृत्त घोषणा गरेको हो । मृत्तक कामीको पोष्टमार्टम भई रहेको प्रहरीले जनाएको छ ।