प्रदेश नं. ५ मा भेटिए २ जना कोरोना पोजिटिभ
सबिता रोका,
बैशाख १९ दाङ ।
प्रदेश नं. ५ का २ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार रुपन्देहीका २५ वर्षिया र वाँकेका ६० वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको परिक्षणबाट पुष्टि भएको हो, भने अर्काको नेपालगंजस्थित ल्यावमा गरीएको पिसिआर परिक्षणमा कोरोना देखिएको हो । अहिले दुबैको अबस्था सामान्य रहेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।