जुम्ल्याहा बच्चा र आमाको उपचारमा खटिने स्वास्थ्यकर्मीकालागि पीपीइ सहयोग

तुलसीपुर, २८ वैशाख ।

दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा रहेकी सुत्केरी महिलाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पीपीइ सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिले सुत्केरी महिला र जन्मिएका दुईवटा बच्चाको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुकालागि आईतबार पीपीइ सहयोग गरिएको हो ।

तुलसीपुर स्थित तुलसी हस्पिटल प्रालिमा उपचार भइरहेका उनीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाकालागि उपमहानगरपालिकाका जनस्वास्थ्य पर्वद्र्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले दुई थान पीपीइ सहयोग गरेका हुन् ।

पीपीई नहुँदा स्वास्थ्यकर्मीहरु समेत असुरक्षित हुने अबस्था भएपछि आफुले सहयोग गरेको न्यौपानेले बताए । हस्पिटलका सञ्चालत तथा वालरोग बिशेषज्ञ डा. किशोर खत्रीलाई उक्त सामग्री सहयोग गरिएको हो । क्वारेन्टाइनमा रहेकी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता भुषालले दुईवटा छोरीको जन्म दिएकी छिन् ।

ति दुबै बच्चाको तौल कम छ । पहिलो पटक जन्मेका बच्चाको तौल डेढ केजी र दोस्रो बच्चाको १.२५ केजी रहेको छ । उनीहरुलाई एनआईसियुमा राखेर उपचार भइरहेको छ । आमा र दुई छोरीको उपचार तुलसीपुर अस्पतालले निःशुल्क डा. खत्रीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर