लकडाउनको मौकाछोपि राप्ती नदीमा अबैध उत्खनन्
शिबराज पन्थी
गढवा ३० बैशाख । देउखुुरीको लमही कोइलाबास सडकखण्डको राप्तीपुल पुुर्वपश्चिम दुबैतिर खोलाभरी स्काभेटर र टिप्परहरु खटिएका हुन्छन् । एकातर्फ तटबन्धनको काम भइरहेको छ, भने अर्कोतर्फ लमही कोइलाबास सडक निर्माणका लागि नदीजन्य पदार्थ उत्खनन् र लोडिङ भइरहेको छ ।
यही मौका छोपेर स्थानीय क्रसर र ठेकेदारहरुले रातारात नदीजन्य पदार्थ डम्पिङ गरी खोला किनाराका जग्गाहरुमा ढेर लगाएर घाटगद्दी गरेका छन् । यो दृष्य मंगलबार राप्ती नदीमा भै रहेको उत्खनन्को हो ।
लकडाउनको मौका छोपि राप्ती नदीमा उत्खनन् गर्ने गिरोह सक्रिय भएको पाइएको छ । रातारात उत्खनन् हुुन्छ,क्रसरको जग्गामा माल डम्पिङ गरिएको हुुन्छ । गाउँपालिकाको टिम अनुुगमन गर्न जादा माल कसको हो कसैले जिम्मा लिन आउदैनन् । लाखौको मिस्कट क्रसरको जग्गामा बेवारिसे भेटिएको छ–गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।
सोमवार गढवा गाउँपालिका वडानं. ५ धर्मपुुरका दुुइ स्थानमा गाउँपालिकाले अनुुगमन गर्दा लाखौको मिस्कट डम्पििङ गरेर राखिएको पाइएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । गाउँपालिकाका अध्यक्ष यादव,बिपद् ब्यवस्थापन संयोजक तथा वडानं. ५ का वडाअध्यक्ष प्रकाश भण्डारी,फोकलपर्सन कैलाश चौधरी,सुुरक्षा निकायका प्रतिनिधि,गाउँपालिकाका इन्जीनीयर र पत्रकार लगायतको टोलीले धर्मपुुर क्षेत्रका २ स्थानमा बेवारिसे माल फेला पारेर नाप लगत तयार गरेको हो ।
लकडाउनको मौका छोपेर देउखुुरीको राप्ती नदीमा नदीजन्य पदार्थको अबैध दोहन बढिरहेको पाइएको छ । गाउँपालिकाले पाएको गोप्य सुुचनाका आधारमा स्थलगत अनुुगमन गर्न जादा लाखौंको नदीजन्य पदार्थ डम्पिङ गरेर राखिएको पाइएको हो । गढवा ५ धर्मपुुर स्थित समृद्धि क्रसर उद्योगको दक्षिणतर्फ सोही क्रसरकै जग्गामा ३ हजार १ सय ७९ घनमिटरको नदीजन्य पदार्थको थुुप्रो लगाई स्टक गरेर राखिएको पाइएको छ भने मध्यपश्चिम क्रसर देखि पुुर्व धर्मपुुर क्षेत्रमै ४ हजार ७ सय ४६ घनमिटरको थुुप्रो लगाइएको पाइएको गढवा गाउँपालिकाले जनाएको छ ।
समृद्धि क्रसर उद्योगको दक्षिणतर्फको जग्गामा राप्ती नदीबाट उत्खनन् गरि माल राखिएको छ तर क्रसरवालाले थाहा छैन भन्छन् । जग्गाधनी र गाउँपालिकासंग समन्वय नै नगरेर लाखौको नदीजन्य पदार्थ डम्पिङ गरिएको छ,यो सरासर अबैध काम भएको गढवा गाउँपालिकाले जनाएको छ । थुुपारिएर राखिएको मालको कसैले जिम्मा नलिएपछि गाउँपालिकाले नाप लगत तयार गरेको र पत्ता लगाएर आबश्यक कार्बाहि प्रकृया चलाउने बताएको छ । राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन् कार्यबिधि बिपरित साढे ३ मिटर सम्मका खाडल बनाएर उत्खनन् गरिएको छ । जबकी ६० देखि बढीमा ८० सेमी सम्म गहिराइमा मात्र उत्खनन् गर्न पाउने कार्यबिधिमा उल्लेख छ । यसरी उत्खनन् गरि डम्पिङ गरेर राखिएको ७ हजार ९ सय २५ घनमिटरको नियमानुुसार प्रति घनमिटर २११.८८ को दरले हुुन आउने राजश्व १६ लाख ७७ हजार ५ सय ६४ बन्ने गाउँपालिकाले जनाएको छ ।