पानीमा लेदो

तुलसीपुर २ जेठ ।

दाङको तुलसीपुर उपमहानगरपािलका वडा नं. १८ हेमन्तपुरबाट उत्पादन तथा प्रशोधन हुँदै आएको आरोग्य मिनरल वाटरमा लेदो भेटिएको छ ।

शुक्रबार शितलपुर घाटमा मलामी गएका व्यक्तिहरुले पिउनको लागि लगिएको दुई कार्टुन पानीमा लेउजस्तो देखिने हरियो लेदो भेटिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जसपुर स्थित बुढाथोकी किराना पसलबाट लगिएको सिल प्याक पानीमा लेदो भेटिएपछि सम्बन्धित पसलमै फिर्ता समेत गरिएको थियो ।

उक्त पानीलाई आफुहरुले फिर्ता लिएर नष्ट गर्ने सञ्चालक देवकोटाले बताए । उनले पानीमा अक्सिजन राख्नु पर्ने भएपनि त्यसो नगर्दा समस्या भएको बताए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख विवेक बञ्जाराका अनुसार गुण्स्तरहिन पानी बजारमा पठाउन नहुँने बताएका छन् । उक्त पानी उत्पादन भएको २÷३ दिन अघिको पानीको समेत नमूना संकलन गरि परीक्षण गरिने समेत बताए । तुलसीपुर उपमहानगरपालिकासंग समन्वय गरेर नमूना संकलन गरि परीक्षणकालागि नेपालगञ्ज पठाईने उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर