रोजगारका लागि भारत गएकाहरुलाई दाङ ल्याउने तयारी
तुलसीपुर, ६ वैशाख ।
स्थानीय तहहरुले रोजगारकालागि भारत गएकाहरुलाई दाङ भित्र्याउने तयारी गरेका छन् ।
सीमानासम्म आएका उनीहरुलाई प्रक्रिया पु¥याएर जिल्ला भित्र्याउने तयारी गरका हुन् ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने‘जुन नाकामा नागरिकहरु आएका छन्, हामीलाई जानकारी भयो भने त्यहीको स्थानीय तह र सिडियोसंग सहकार्य गरेर आफै हामीले गाडीको पास बनाएर लिन पठाउछौ ।’
उनले आफै गाडी रिजरर्व गरेर आउन सक्ने क्षमता भएको व्यक्तिको हकमा गाडी आउजाउ गर्नको लागि प्रक्रिया मिलाई दिने पनि बताए ।
त्यस्तै घोराही उपमहानगरपालिकाले पनि नाकामा भएका नागरिकलाई दाङ भित्र्याउने बताएको छ । अहिले नाका क्षेत्रमा दाङका एकसय जना व्यक्ति सिमामा आईसकेका छन् । तर दाङका ८ हजार बढि नागरिक भारतमा अलपत्र रहेको सूचना आएको तुलसीपुरका प्रमुख पाण्डेले बताए । तुलसीपुर उपमहानगरपालिका भित्रका मात्रै दुई हजार ब्यक्ति नाकामा अलपत्र परेको उनको भनाई छ ।
भारतबाट आएकाहरुलाई सिधै क्वारेनटाईनमा राखिने प्रमुख पाण्डेको भनाई छ । “अहिले हामीसंग दुईसय जना व्यक्तिलाई राख्न सक्ने क्षमता भएको क्वारेनटाईन छ, हामीले दाङ आएकालाई क्वारेन्टाईनमा राख्छौं”, उनले भने“ अरु व्यक्तिलाई सिमाको क्वारेन्टाईन मै राख्ने तयारी पनि हुदै छ ।”
सिमानामा रहेका दाङका नागरीकहरुलाई दाङ ल्याउनको लागि सिमा प्रवेश गराउने गाडीको पासको व्यवस्थासंगै अन्य कुरामा पनि कठीनाई भएको भन्दै उनले जस्तो सुकै अबस्थामा पनि नाकाबाट नागरिकलाई दाङ ल्याउने तयारीमा आफुहरु जुटेको उनको भनाई छ ।
घोराही उपमहानगरपालिकाले पनि कार्यपालिकाबाट प्रत्येक वडामा क्वारेन्टाइन बनाउने र सीमा क्षेत्रमा आई पुगेका नगरबासीहरूलाई सुरक्षित ढंगले उघार गर्ने निर्णय गरेको छ ।
लकडाउनका कारण अलपत्रमा परेका नगरका बासिन्दालाई सिमामै पुगेर बसमार्फत सम्बन्धित वडाको क्वारेन्टाइनमा पु¥याउन सुरू गरेको नगर प्रमुख नरूलाल चौधरीले जानकारी दिए ।
लुकिछिपी र पैदल यात्रा आउँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिए पनि नगरभित्रका नागरिकहरूको जिम्मा लिने निर्णय अनुसार उद्धार र क्वारेन्टाइनमा व्यवस्थापन गर्न सुरू गरिएको नगर प्रमुख चौधरीको भनाइ छ ।
घोराही उपहानगरपालिकाभित्रका करिब १३ सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ । अहिले प्रत्येक वडाहरूले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम गरिरहेका छन् । तत्कालका लागि करिब ५० जना अट्ने गरी क्वारेन्टाइन निर्माणको काम भैरहेको छ ।
नगरले आइतबारबाट कोइलाबास र कृष्णनगर नाकामा आएका नागरिकहरूलाई उद्दार गरेर ल्याउन बस परिचालन गरेको जनाएको छ । नगरमा यस अघि करिब १३ सय नागरिकहरू भारतबाट आईसकेको तथ्यांक नगरसँग रहेको छ । क्वारेन्टाइन निर्माण गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार नै बनाउन अधिकतम प्रयास भएको नगरले जनाएको छ ।