राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग सेवा बन्द
तुलसीपुर, ६ जेठ ।
प्रदेश नं. ५ भित्र रहेका अन्य जिल्लाका कोरोना संक्रमितहरुलाई भर्ना गरेर उपचार गर्नु पर्ने भएकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहिरंग तथा अन्तरंग सेवा बन्द गरिएको छ ।
प्रतिष्ठानका कायममुकायम कैलास प्रसाद देवका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार मंगलबारदेखि बहिरंग सेवा बन्द गरिएको हो ।
साथै प्रतिष्ठान अन्तर्गत रहेका सम्पूर्ण अस्पतालले मन्त्रालयमा पेश गरे बमोजिम छुट्याएका आइसोलेसन बेडहरु र जनशक्ति तयारी अबस्थामा राखि उपचार गर्न व्यबस्था मिलाउन पनि अनुरोध गरिएको उनले बताए ।