इनासद्वारा नेपाल सरकारलाई स्वास्थ सामाग्री सहयोग

जेठ-६,काठमाडौ।

नेपाली कलाकारहरुको हकहित स्थापित गर्ने र नेपाली कला र संस्कृतिलाई विश्व समुदायमा पुर्याउने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले सरकारलाई २ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । मन्त्रालय पुगेको इनास टोलीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतमार्फत सामग्री प्रदान गरेको हो । सरकारलाई प्रदान गरेको सामग्रीहरुमा N-95 मास्क १०० थान, थर्मल गन १० थान, पिपिइ सेट ५० थान र सर्जिकल मास्क २ हजार थान छन् । सहयोग प्रदान कार्यक्रममा सहभागी इनास ग्लोवल उपाध्यक्ष भगवती बस्नेतले महामारीका बेलामा सामग्री अभावका कारण काम गर्न नसकिरहेका स्वास्थ्यकर्मीहरुलाई यस्ता सामग्रीहरुले थोरै भए पनि राहत दिने बताउनु भयो । ग्लोवल कोषाध्यक्ष कुलराज थापाले यसलाई भावनात्मक सहयोगको संज्ञा दिनुभयो । यस्ता पहलले सबैको मनोवल उच्च राख्न सघाउने उहाँको भनाइ छ । यस्तै इनासका नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डेले सरकारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा इनासका ग्लोबल सल्लाहकार प्रदीप बमजन, इनास नेपाल च्याप्टरका सदस्य कल्पना आचार्यको पनि सहभागिता थियो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का एसिया संयोजक लोकराज अधिकारीका अनुसार अहिलेसम्म इनासले ७४ वटा देशमा आफ्नो संगठित विस्तारगरेको छ। यस संस्थाले विभिन्न विपद र संकटका बेला सामाजिक काम समेत गर्दै आएको छ ।।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर