रुपन्देही हत्याका अरोपितलाई स्थानीयको सक्रियतामा समातियो

दाङ , २७ जेठ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेको भनिएका व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहोस भएका हुन् ।

उनलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको प्रदेश नं. ५ दाङका प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बताए ।

उनका अनुसार मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिजापतिलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको अधिकृतहरुको भनाइ छ ।

घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

आरोपित सिजापती सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ । हालसम्म प्राप्त जानकारी अनुसार सिजापतिसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिजापति लागूऔषध दुव्र्यसनी पनि भएको प्रहरीले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर