संयुक्त दलित युवा अभियान तुलसीपुरद्धारा धर्ना कार्यक्रम
सबिता रोका,
जेष्ठ २९ दाङ ।
संयुक्त दलित युवा अभियान तुलसीपुरले पश्चिम रुकुममा भएको जातिय नरसंहार घटनालाई लिएर बिपि चोक स्थित धर्ना कार्यक्रम गरेको छ ।
गत जेष्ठ १० गते रुकूममा भएको घटनालाई लिएर देशैभरी बिरोध प्रदर्शन भएको छ ।
यसै अन्तर्गत दाङको तुलसीपुरमा पनि बिभिन्न संघ संस्थाहरुले पिडितको पक्षमा बिरोध ¥याली धर्ना कार्यक्रम गर्दै आएको छ । त्यसै गरी आज पनि संयुक्त दलित युवा अभियानले धर्ना कार्यक्रम गरेको हो ।
अपराधीलाई बिभिन्न तह र तप्काबाट ढाकछोप भइरहेको हुदा हत्यामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको यस धर्ना कार्यक्रमका संयोजक खेमराज बिकले बताउनु भयो ।