यूठानका एक ब्यक्तिको दाङको क्वारेन्टिनमा मृत्यु, रिपोर्ट नेगेटिभ
दाङ, ३० जेठ ।
दाङ बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा प्यूठानको माण्डवी गाउँपालिका– ४ उदयपुरकोटका क्वारेन्टिनमा बसेका १८ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएका ति किशोरको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
उनलाई दुई दिनदेखि टाउको दुख्ने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा शनिबार बाटोमै मृत्यु भएको मानडवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।
रोजगारीका लागि भारत गएका युवक केही दिनअघि भारतबाट फर्किएर दाङको बङ्गलाचुली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।