सल्यानको कपुरकोटमा ५० बेडको आइसोलेसन कक्ष तयार

सल्यान, ३ असार ।

सल्यानको कपुरकोट गाउँपालिकामा ५० बेडको आइसोलेसन तयार भएको छ । वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरमा कोरोना विशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो । आइसोलेसन बनाउनका लागि नेपालि सेनाले श्रम शक्ति परिचालन गरेको थियो ।

निर्धारित समय भित्रै तयार भएको सुविधा सम्पन्न आइसोलेसन सेन्टरको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले अवलोकन समेत गरेका छन् । कर्णाली प्रदेस सरकारले पठाएको ९ लाख २० हजार रुपैयाँ तथा आफ्नो पालिकाको ब्यवस्थापन र नेपाली सेनाको श्रम शक्तिबाट समयमै आइसोलेसन तयार गर्न सकिएको बताए ।

सम्भावित कोरोना संक्रमितको उपचारलाई प्रभावित हुन नदिनका लागि आइसोलेसन वार्ड तयार गरिएको हो । आइसोलेसन सेन्टरमा महिला पुरुषका लागि छुट्टा छुट्टै सौचालयको ब्यवस्था, धारा, विजुली बत्ति लगाएतको ब्यवस्था गरिएको कोभिड १९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले बताए ।

कोरोना परिक्षणका लागि १४ जनाको स्वाब संकलन

यसैविच बुधबार कपुरकोट गाउँपालिकाबाट कोरोना परिक्षणका लागि १४ जनाको स्वाब संकलन गरिएको छ । भारतबाट आएका तथा कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु गरेर १४ जनाको स्वाब लिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले बताए । पिसिआर विधिबाट कोरोना भए नभएको पत्ता लगाउनका लागि स्वाब संकलन गरिएको हो ।

स्वाब संकलनका लागि आवश्यक पर्ने भीटीएम गाउँपालिकाले नै खरिद गरेको छ । संकलित स्वाबलाई बुधबार नै परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ स्थीत प्रयोगशालामा लगिएको संयोजक दाहालले बताए । कपुरकोटमा हाल सम्म एक जनामा मात्रै कोरोना पोजेटिभ देखिएको छ । उनको सल्यान सदरमुकाम स्थित आइसोलेसनमा उपचार भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर