‘दाङमा ५ बजेपछि कोरोना नआउने हो र?’

तुलसीपुर, ३ असार ।

दाङमा कोरोना संक्रमितको संख्या दुईसय ५२ पुगेको छ । संक्रमितको संख्या बढेपछि जिल्ला विपद् व्यबस्थापन समितिको बैठकले लकडाउनलाई विहीबारदेखि कडा पार्ने नाममा साँझ ५ बजेपछि पसल बन्द गर्ने , त्यो भन्दा पहिले पसल सञ्चालन गर्न पाउने भनि निर्णय ग¥यो । त्यो निर्णयको चौतर्फी विरोध हुने गरेको छ । अहिले यस बिषयमा सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । तुलसीपुर अनलाईनमा समाचार प्रकाशित भएपछि सोही अनलाईनकै कमेन्ट बक्समा प्रेम रसाईली लेख्छन्‘ साँझ ५ बजेपछिको अर्थ के हो ?’

दिनभर खोल्ने र साँझ बन्द गर्ने गरि भएको निर्णयले कोरोना संक्रमणलाई रोकथाम गर्न नसक्ने भन्दै विरोध जनाईएको छ । ‘साँच्चिकै बन्द गर्ने हो भने अलि दह्रो तालले, एक घरको मान्छे अर्को घरमा जान नपाउने गरि बन्द गरौं’, कमेन्ट बक्समा दिपक कुमारले प्रतिक्रिया दिए‘ नत्र भने ५ बजेपछि पनि बन्द नगरौं ।’ त्यस्तै मनिशा आचार्य भण्डारीले लेख्छिन्‘ के कोरोना४ बजेपछि आउछ रे दाङमा ?’

त्यसतै सावित्रा राणाको पनि आशय त्यस्तै छ । ‘ कस्तो बन्द गर्नु हो, बन्द गर्नुको पनि एउटा सीमा हुन्छ’, उनले भनेकी छिन्,‘ के दिनभर नआएर पाँच बजेपछि आउछ कोरोना ?’

लकडाउन २४ घण्टा नै हुनुपर्ने सुधा गौतमले बताईन् ।‘ उनले भनिन्‘बन्द भनेपछि बन्द नै हुनुपर्छ २४ घण्टा, हैन भने यस्तो बन्दको कुनै अर्थ हुँदैन् ।’ समयमै रिपोर्ट नआउने र रिपोर्ट नआउदै क्वारेन्टिनबाट घर पठाउने गर्दा कोरोना समुदाय स्तरमा पुग्ने गरेको गुनासो पनि बढेको छ ।‘ रिपोर्ट नआउँदै क्वारेन्टिनमा राखेका मानिशहरुलाई छोडेर घर जान दिदै गरम’, आनन्द डाँगीले भने‘ अनि दिनै भर बजारमा भीड हुन दिम , त्यसपछि ५ बजे बन्द गरौं, अनी हुन्छ कोरोना नियन्त्रण ।’ अहिले सामाजिक सञ्जालमा मात्रै होईन्, चियापसल, चोकचोकमा समेत यो निर्णयको विरोध हुने गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर