‘डराई–डराई सेवा दिनु परेको छ’ : मालपोत तुलसीपुरका प्रमुखको गुनासो

तुलसीपुर, ४ असार ।

मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले सेवाग्राहीलाई डराई–डराई सेवा दिनुपर्ने अबस्था रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा कर्मचारीले कुनै पनि सुरक्षाविना सेवा प्रदान गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन् । ‘मन्त्रालयको निर्णय तथा बिभागिय परिपत्रमा स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि मापदण्ड अपनाई पीपीई , थर्मल गनलगायतको व्यबस्था मिलाई सामाजिक दुरी कायम गरी कामकाज गर्नु भन्ने छ’, उनले लेखेका छन्‘ तर, सेनिटाईजर र मास्क सम्मको जेनतेन व्यवस्था गरि कार्यालय सञ्चालन गरिएको छ ।’

सेवाग्राहीलाई सामाजिक दुरी कायम गराउन हर प्रयास गर्दा पनि नमान्ने गरेको उनको गुनासो छ । ‘वर्षातको समय छ, भाडाको घर छ, कर्मचारीको दरबन्दी नै कम छ, सेवाग्राही ओत लाग्ने ठाउँ समेत छैन्’, उनले भने‘यस्तो अवस्थामा काम गर्नु हाम्रो बाध्यता छ ।’

विहीबार मालपोत कार्यालय तुलसीपुरमा साबिक तुलसीपुर, मानपुर, डुरूवा र धनौरीका सेवाग्राहीलाई मात्र सेवा प्रवाह गरेपनि सेवाग्राहीको भीडभाडले गर्दा समस्या भएको उनले बताए ।‘एउटा मात्रै गाविस तोकेर काम गर्न खोज्दा पनि ते सहज छैन्’, उनले भने‘ किनकि ३ महिनादेखि पेन्डिङमा रहेको काम छ, आलोपालो गरेर साविकका १÷१ गाविस तोक्दा पनि १४ दिन पछि त्यस्को अर्को पालो आउँछ ।’

मालपोतबाट हुने सबै सेवा सोही दिन सकिने खालका नहुँने भन्दै अधुरो काम छाडेर जान सेवाग्राहीलाई मर्का पर्ने उनले बताए । अर्कोतर्फ कर्मचारीले बिदा माग गर्दा बिदा स्वीकृत गर्न नसकिएको समेत उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर