कोरोना रोकथामका लागि तुलसीपुरमा १२ बजेपछि बजार बन्द गरिने

तुलसीपुर ४ असार ।

दाङको तुसलसीपुर बजार शुक्रबारदेखि १२ बजेपछि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको विपद व्यबस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए ।

त्यसैगरी बैठकले उपमहानगरपालिका भित्र कोरोना संक्रमणका कारण मृत्यु भएका त्यसको व्यवस्थापनको लागि तीन वटा ठाउँलाई संभावित क्षेत्रको रुपम अगाडी बढाएको उनले बताए । गैराखाली सामुदायिक बन, बबईको घाट नजिकै र तुलसीपुर १२ मा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुलाई व्यबस्थापन गर्ने भनि सम्भाबित ठाउँलाई तोकिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर