दाङमा जंगली च्याउँ खाँदा ७ जना विरामी

तुलसीपुर, १८ असार ।

दाङमा बिषालु च्याउँ खाँदा ७ जना विरामी परेका छन् । प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार जंगली च्याउँ खाँदा राप्ती गाउँपालिकाका ७ जना विरामी परेका हुन् ।

बुधबार राति साढे ११ बजेतिर राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट निवासी २२ बर्षीय निराजन चौधरी, सोही ठाउँका ९ बर्षीया बालिका, ११ बर्षीय बालक, ३३ बर्षीय राजेन्द्र चौधरी, ५० बर्षीय अक्कली चौधरी, ३२ बर्षीय भुमा चौधरी विरामी परेका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उनीहरु सबै एकै घरका रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।

त्यस्तै राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटकै ४२ बर्षीया दीपा चौधरीले पनि जंगली च्याउँ खाँदा विरामी परेको प्रहरीले बताएको छ । बुधबार ५ बजेतिर जंगली च्याउ खाँदा विरामी परेकी चौधरीलाई लमही अस्पतालमा सामन्य उपचार पछि थप उपचारकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर