नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि, २६४ डिस्चार्ज

२१ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८११ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ 

कहाँ कति थपिए संक्रमित

मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८-८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६-६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५-५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४-४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३-३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २-२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर