थप २५५ जना कोरोना संक्रमित पुष्टि , २५३ डिस्चार्ज
२४ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७५२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्र देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २५३ जना डिस्चार्ज भएका छन् ।