तुलसीपुर उपमहानगरपालिका सातौ नगर सभाको तेस्रो बैठकले गरेका निर्णयहरु

असार २६ तुलसीपुर,

१. तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बजेट, आर्थिक विधेयक, , विनियोजन विधेयक लगायत सर्वसहमतले पारित । प्रतिवेदन माथि सभासदहरु सुवास डिसी, सुरेश श्रेष्ठ, दुजमान भण्डारी, मदन वस्नेत, युवा करारा,शितल वुढामगर,घनश्याम गौतम, विनोद गौतम लगायतले टिप्पणी गर्नुभएको थियो । उठेका सवाल माथि उपप्रमुख माया शर्मा, अर्थ समिति संयोजक माधव वली, लेखा समिति संयोजक राजु आचार्यले जवाफ दिनुभएको थियो ।
२. तुलसीपुर उपमहानगरपालिका अन्तर्गत सञ्चालन हुने योजनामा शहरी क्षेत्रमा कम्तीमा २५ प्रतिशत श्रमदान र ग्रामिण भेगमा कम्तीमा १० प्रतिशत श्रमदान गर्ने नीति पारित ।
३. तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ मजुवामा रहेको वडा कार्यालयलाई सबैलाई पायक पर्ने गरी बनहरीमा सार्ने निर्णय ।

४. सुरक्षा व्यवस्थालाई सुदृढ पार्नका हरेक टोलमा टोल सुरक्षा समिति गठन गर्ने ।
५. अवैध घरेलु मदिरा उत्पादन नियन्त्रणका लागि १९ वटै वडामा अभियान सञ्चालन गर्ने ।
५.तुलसीपुर उपमहानगरपालिका भित्र रहेका कार्यकाल सकिएका सबै संघसंस्था र विद्यालय व्यवस्थापन समितिले लकडाउन घोषणा अन्त्य भएको ३ महिना भित्रमा अनिवार्य रुपमा निर्वाचन गर्नुपर्ने निर्णय । यसरी कार्यकाल सकिएका संघसंस्था र विद्यालय व्यवस्थापन समितिले गरेका प्रशासनीक र मर्मतको काम बाहेक अन्य कामहरु वैध नहुने निर्णय ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर