कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल : बिश्व स्वास्थ्य संगठन

दाङ, २७ असार

बिश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुन मुस्किल हुने जनाएको छ । संगठनका आकस्मिक परियोजना प्रमुख डा. माइक रायनले भाइरस पूर्ण रुपमा निर्मूल हुने अबस्था नदेखिएको बताए ।

जेनेभामा भएको अनलाइन सम्मेलनमा उनले अहिलेको स्थितिलाई हेर्दा भाइरस पूर्ण रुपमा अन्त्य गर्न नसकिने भएकाले जहाँ बढी फैलिएको छ । यहाँ फैलनबाट रोक्न सक्नुपर्ने र दोस्रो लहर आउन दिन नहुने बताए ।

यसैबीच बिश्व स्वास्थ्य संठगनले गएको २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै बढी देखिएको जनाएको छ । संगठनका अनुसार गएको २४ घण्टाको अबधिमा कोरोना सङ्क्रमित २ लाख २८ हजार १ सय २ जना थपिएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर