तुलसीपुरमा ‘हार्डवेयर प्लानेट’

तुलसीपुर, २८ असार ।

दाङको तुलसीपुरमा चार जना युवाले हार्डवयेर प्लानेट सञ्चालनमा ल्याएका छन् । युवाहरु बिक्रमवावु केसी,विष्णु केसी, सुर्यबहादुर थापा र अमृत आचार्यको संयुक्त लगानीमा गुण्स्तरीय ब्राण्डेट टायल, मार्वल, ग्रिनेट वाथरुम फिटिङ, प्लम्बिङ सेनेटरी आइटम, सिमेन्ट,सरियालगायतका सामग्रीको आधिकारिक बिक्रेता गर्न तुलसीपुरको ‘ग’ लाईनमा उक्त व्यबसाय सुरुवात गरेका हुन् ।

करिब ५० लाखको लगानीमा उक्त व्यबसाय सुरु गरेको केसीले बताए । उक्त व्यवसायको आईतबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले उद्घाटन गरेका हुन् । त्यस अवसरमा अध्यक्ष रावतले युवाहरु व्यबसायमा आउनु सकारात्मक पक्ष भएको बताए । उक्त पसलमा ८ जनाले रोजगारी समेत पाउनेछन् ।

पछिल्लो समय युवाहरु विदेश पलायन हुने क्रम बढिरहेको अबस्थामा आफ्नै ठाउँमा पनि उदाहरणीय काम गर्न सकिन्छ भन्ने हेतुले उक्त व्यबसाय सञ्चालनमा ल्याएको केसीको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर