नाम्सद्वारा रक्तदान

देवराज कडेँल
तुलसीपुर, ३० असार ।

नेपाल बजार बिक्री प्रतिनिधि संघ नाम्स राप्तीले रक्तदान गरेको छ । संघका २९ जना सदस्यले रक्तदान गरेका हुन् । कोभिड–१९ ले गर्दा मुलुकमा रगत अभाब भएकाले रक्तदान आयोजना गरिएको संघका अध्यक्ष शुसिल बस्नेतलले बताए ।

‘सेवानै धर्म हो, यही नै नाम्सको मर्म हो’ भन्ने नाराका साथ रक्तसंचार केन्द्र घोराहीमा रक्तदान गरिएको हो । खेर जाने रगतलाई दान गरेर धेरैको जीवन बचाउन सकिने भन्दै आफुहरुले यस्तो कार्यक्रम आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष नवराज सापकोटाले जानकारी दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर