प्रहरी द्वारा गणेशपुर , बहादुरगंज र कृष्णनगरमा कोरोना सचेतना र्याली
कृष्णनगर , साउन, २
इलाका प्रहरी कार्यालय बहादुरगंज ,इलाका प्रहरी कार्यालय कृष्णनगरले र इलाका प्रहरी कार्यालय गणेशपुर कोरोना सचेतना र्याली निकालेको छ । लकडाउन खुकुलो भए पनि कोरोना महामारीको संक्रमण कम नभएको भन्दै सर्वसाधारणलाई सचेत बनाउन विहान ९ बजे र्यालीको आयोजना गरिएको इलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी निरीक्षक मधु नेपाल ले बताउनु भयो । इलाका प्रहरी कार्यालय बहादुरगंजबाट सुरु भएको र्यालीले आएर पुनः फर्किएर बहादुरगंज चौकमा कोण सभामा परिणत भएको थियो । र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट सुरु भएको र्याली गोल घर हुदै कृष्णनगर बजार परिक्रमा गरेर कोण सभामा परिणत भएको थियो l लक डाउन खुकुलो भए पनि कोभिड १९ को संक्रमण अझै न्यूनीकरण नभएकाले लापरबाही गर्न नहुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनु भएको छ ।
प्रहरी द्वारा बहादुरगंज,कृष्णनगर, गणेशपुर, कोरोना सचेतना र्याली निकालिएको थियो र्यालीमा सुरक्षाकर्मी, नगरपालिकाका जन प्रतिनिधि, नागरिक समाज, आफन्त नेपाल ,पुनर्स्थापना गृह , सशस्त्र प्रहरी, स्थानीय र पत्रकार लगायतको सहभागिता थियो । दुई मिटरको सामाजिक दुरी कायम गरौँ, बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गरौँ, साबुन पानीले हात धोऔँ लगायतका प्ले कार्ड बोकेका थिए ।