तुलसीपुरमा पानीका धारा जडान गर्ने

तुलसीपुर, ४ साउन ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले धारा जडान गर्ने भएको छ । बिभिन्न मितिमा धारा जडानकालागि शूल्क बुझाएका उपभोक्ताहरुकालागि यही साउन १० गतेदेखि धारा जडान हुने भएको हो । त्यसकालागि धारा जडान गर्ने पलम्बरको सिफारिश लिएर निःशूल्क मिटर र फेरुल लिनुपर्ने अध्यक्ष खेमराज वली र सचिब मनोज लामिछानेले सूचना जारी गरेका छन् । यस अघि धारा शूल्क बुझाएपनि जडान नहुँदा उपभोक्ता रुष्ट बनेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर