दाङमा ईन्धन डिपो बन्ने प्रक्रिया अघि बढ्यो
तुलसीपुर, ७ साउन ।
दाङमा हवाई इन्धन डिपो स्थापनाकालागि ठेक्का स्वीकृत भइसकेको छ । नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलका अनुसार टेण्डर भई ठेक्का स्वीकृत भइसकेको भन्दै छ महिनाभित्र काम पूरा हुने उनले बताए ।
यसैक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले महाप्रबन्धक पौडेलसंग भेटघाट गरि तोकिएको समयमा गुण्स्तरीय काम गर्न भनेका छन् । डिपो स्थापना भएपछि दाङमा हवाई सेवा सहज र भरपर्दो हुने उनले बताएका छन् ।
दाङमा डिपो नहुँदा टरिगाउँ एयरपोर्टमा समस्या हुँदै आएको थियो ।