राप्ती लोकमार्गका बिभिन्न स्थानमा ट्राफिक सचेतना वोर्ड

तुलसीपुर, ९ साउन ।
राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा ट्राफिक सचेतना वोर्ड राखिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नकालागि शुक्रबार बिभिन्न स्थानमा ट्राफिक सचेतना वार्ड राखिएको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेम रेग्मी, हवलदार टेकबहादुर कुसारीसहितको टोलीले सल्यान र दाङको सीमानामा समेत बोर्ड राखेको छ ।
साँघुरो सडक, खाल्डाखुल्डी, बिभिन्न स्थानमा घुम्ती भएकाले दुर्घटना हुन सक्ने भन्दै सचेतना वोर्ड राखिएको हो । थ्री जी कनस्ट्रक्सन प्रालिका सञ्चालक आशिष मल्ललगायतका संस्थाले बोर्ड सहयोग गरेका थिए ।
उक्त बोर्डहरु अस्थायी प्रहरी कार्यालय गोठीखोलामा एक कार्यक्रम गरि मल्लले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववबहादुर सिंहलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा सिंहले तुलसीपुर क्षेत्रमा दुर्घटना न्यूनिकरणकालागि अभियान सञ्चालन गरेको बताए । ह्वील लकदेखि बिभिन्न अभियान अघि बढाएको उनको भनाई छ । त्यस अवसरमा बक्ताहरुले राप्ती लोकमार्ग साघुँरो हुँदा दुर्घटनाको जोखिम बढेका समेत बताए ।