ज्ञानज्योति मार्गमा सुरक्षा समिति

तुलसीपुर १२ साउन ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को ज्ञानज्योति मार्ग टोलमा टोल सुरक्षा समिति गठन गरिएको छ । आईतबार भएको बैठकले शुशिला शर्माको अध्यक्षतामा सुरक्षा समिति गठन गरेको हो । जसको सदस्य सचिवमा धरम नेपाली रहेका छन्, भने सदस्यहरुमा पुष्पा बस्नेत, प्रेम नेपाली, शुष्मा वटाला, सुष्मिता चौधरी, नन्दकली खड्का, गंगाराम वली, बच्चुराम परियार, मदन डाँगी र नन्दकली वली रहेका छन् ।

त्यस्तै टोलको संयोजकमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा सदस्य यमुना परियारलाई चयन गरिएको छ । त्यसैगरी सल्लाहाकारहरुमा लक्ष्मीराज गिरी, एकराज शर्मा, दरीमान डाँगी, टोपेन्द्र शाही र माधवी थपलियालाई चयन गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर