तीन दिन बर्षा हुने सम्भावना दाङमा उच्च सतर्कता अपनाउन आग्रह

तुलसीपुर, १३ साउन ।

नियमित तीन दिन बर्षा हुने भएकाले दाङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले नियमितको बर्षाले पहाडी क्षेत्रमा भु–क्षय हुने र पहिरो जान सक्ने तथा तराई क्षेत्रमा बाढी, डुवान तथा कटान हुन सक्ने सम्भावना रहेको भन्दै सुरक्षा निकाय एवं खोजउद्दारमा खटिने रेडक्रसकर्मी , स्वयंसेवक तयारी अबस्थामा राख्ने, खोज उद्दार र राहतमा प्रयोग हुने सामग्रीको चुस्त, दुरुस्त अबस्थामा राख्ने तथा बाढी, पहिरो, डुवान र कटानको जोखिम हुने स्थानका नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्न अनुरोध गरिएको थियो ।

प्रशासकीय अधिकृत अम्मरराज शर्माका अनुसार बाढी, पहिरो, डुवान र कटानबाट जोखिममा पर्न सक्ने बस्तीको पहिचान र आंकलन गरि स्थानीय तहसंग समन्वय गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गर्न समेत अनुरोध गरेका छन् ।

स्थानीय तह, नेपाली सेना रिपुमर्दन गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल २९ नं. गण भालुवाङ, डिभिजन सडक कार्याृलय घोराही र नेपाल रेडक्रस दाङलाई पत्र प्रदान गरि यस्तो बताईएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर