बजार जान्छु भनि निस्किएका विक मृत भेटिए
तुलसीपुर, १८ साउन ।
दाङको तुलसीपुर स्थित तुइ खोलाले बगाउँदा एकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ रामपुर निवासी ६८ बर्षीय हरिप्रसाद बिक शुक्रबार विहान १० बजेतिर घरबाट खानाखाई तुलसीपुर बजार जान्छु भनि निस्केका थिए । त्यसपछि आईतबारसम्म घर नआएपछि खोजतलास गर्दा उनको घर नजिकै रहेको तुईखोलाले बगाई पानीमा मृत अबस्थामा फेलापरेको प्रदेश नं. ५ प्रहरी कार्यालय दाङले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।