प्रदेश नं. ५ का मुख्यमन्त्री पोखरेल दाङ आउँदै

तुलसीपुर, २० साउन ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल आज दाङ आउन लागेका छन् । जिल्लामा बुधबार(२१)गते आयोजना हुने विभिन्न कार्यक्रमको उद्घाटनका लागि दाङ आउँदै छन् । मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीका अनुसार बुधबार बिहान ८ बजे सर्वोदय पुस्तकालय तथा वाचनालय भवनको उद्घाटन, ९ बजे घरेलु तथा साना उद्योग कार्यालय दाङको नव निर्मित भवनको उद्घाटन कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी दाङ जिल्लाको चौथो जिल्ला सभाको उद्घाटन कार्यक्रम रहेको छ भनेँ नर्ती खानेपानी आयोजनाको उद्घाटन र गढवामा रहेको सर्पदंश उपचार केन्द्र उद्घाटनको कार्यक्रम रहेको छ

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर