चौथो जिल्लासभाको तयारी पुरा
दाङ, २० साउन ।
दाङको चौथो जिल्ला सभाको सम्पूर्ण तयारी पुरा भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा हुन थालेको चौथो जिल्ला सभाको बुधवार विहान ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम तय भएको छ ।
विहान १० बजे जिल्ला समन्वय समितिको हलमा हुने कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला सभाका सदस्यहरु, दश वटै गाउँपालिका प्रमुख तथा प्रमुखहरु, राजनीतिक दल तथा नागरिक समाजलगायत सरोकारवाला निकायको प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता हुने जिल्ला समनवय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिएका छन । दश बले उद्घाटन हुने जिल्ला सभामा उपस्थीतिका लागि जिल्ला समन्वय समितिले सम्पूर्ण सञ्चारकर्मीहरुलाई समेत आग्रह गरेको छ ।
उनका अनुसार जिल्ला सभामा आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक निती तथा कार्यक्रम र आर्थिक आयव्यव प्रस्तुत हुने भएको छ । जिल्ला सभा सम्पन्न गर्नका लागि मंगलवार बसेकोे बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । जिल्ला समन्वय समितिले जिल्ला सभाको तयारीका लागि विगत केही दिनदेखि विभिन्न निकायहरुसँग छलफल समेत गर्दै आएको थियो ।