तुलसीपुरको सरसफाई अभियान अब महिनामा दुईपटक मात्रै

तुलसीपुर, २२ साउन ।

तुलसीपुरमा जारी सरसफाई अभियानको स्वरुप परिवर्तन गरिएको छ । बन्दाबन्दी हुनु भन्दा अघि प्रत्येक हप्ताको मंगलवार हाम्रो तुलसीपुर, राम्रो तुलसीपुर अभियान अन्र्तगत तुलसीपुर क्षेत्रमा सरसफाई हुदै आएको थियो । तर, कोरोना भाईरसको माहामारीका कारण अभियानको १८७ औँ हप्ताबाट स्थगित भएको थियो । तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विहीबार तुलसीपुरमा बसेको सरोकारवालाहरुको बैठकले अभियानको स्वरुप परिवर्तन गरि निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले आगामी दिनमा प्रत्येक महिनाको १५ र ३० गते दुई पटक सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । क्रियाशिल एक दर्जन बढि सामाजिक संघसंस्था तथा सामाजिक अभियान्ताहरुको सहभागिता रहेको बैठकले आबश्यकताको आधारमा सरसफाईको बेलाबेलामा अनुगमन गर्ने, बृक्षारोपणको संरक्षण गर्ने लगाएतको निर्णय गरेको छ ।

संघका अध्यक्ष विर बहादुर रावतको अध्यक्षतामा भएको बैठकमा तुलसीपुर उपमहानगरपालिका बातावरण सरसफाई संरक्षण समितिका संयोजक नवराज लामिछानेले सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन सामाजिक संघसंस्थाहरुसंग सहकार्य र साझेदारी गरी अघि बढ्ने बताएका थिए । उनले उपमहानगरपालिकामा यस विषयलाई नितिगत रुपमा निर्णय गरी अघि बढाउन प्रस्ताव गर्ने बताएका थिए ।

सो अवसरमा सरसफाई अभियान्ता विमल रिजालले नागरिकको व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । आफुहरुले विगत लामो समय देखी सरसफाई अभियान सन्चालन गरे पनि सोचे अनुसार व्यवहारमा परिवर्तन आउन नसकेको गुनासो गरे ।

त्यस्तै त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेस हमालले प्रत्येक घरमा सरसफाईको बर्गिकृत गरी स्टिकर टाँस गर्नु पर्ने बताएका छन् । कार्यक्रममा सहभागी अन्य बक्ताहरुले सडक बत्ती मर्मत तथा सन्चालन , फोहोर व्यवस्थापन र सिसि क्यामरा सञ्चालन गर्न माग गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का सदस्य सुरेश श्रेष्ठ, ६ का सदस्य दुजमान भण्डारी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसी, बाणिज्य सघंका उपाध्यक्ष मिनराज भण्डारी, ,सामाजिक अभियान्ताहरु टोप बहादुर महतरा, ईश्वरी प्रसाद गैरे, तुलसीपुर नगर जेसीजका अध्यक्ष मोहन स्वर्णकार, लियो क्लबका अध्यक्ष सन्तोष केसी,आहा तुलसीपुर अभियानका दिपक काफ्ले लगाततले सुझाब दिएका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर