कोरोना संकटमा ४४ हजार ७९९ कामदार फर्किए

दाङ, २४ साउन ।

वैदेशिक रोजगारीमा अलपत्र परेका करिब ४५ हजार कामदार स्वदेश फर्किएका छन् । कोरोना संकटका कारण अप्ठेरोमा परेका ४४ हजार ७ सय ९९ जना स्वदेश फर्र्किएका हुन् ।

कोरोना संकट व्यवस्थापन सेन्टरका अनुसारविभिन्न ३० देशमा अलपत्र परेका कामदारलाई सरकारले फर्काएको हो । सरकारले गत जेठ अन्तिम सातादेखि कोरोना भाइरसबाट विदेशमा अलपत्र परेका कामदारलाई स्वदेश फर्काइरहेको छ ।

सरकारले चार्टर्ड उडानबाट कामदारकै पैसामा विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काएको हो । फर्केका ७५ प्रतिशत भन्दा बढी वैदेशिक रोजगारीमा रहेका कामदार रहेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर