तुलसीपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर,२४ साउन ।

दाङ तुलसीपुर उपमहानगरपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा राप्ति लाईफ केयर क्वारेन्टाइनमा रहेका एक जना ,मावि सेन्टर क्वारेन्टाईमा वसेका एक जना र होम क्वारेन्टाइनमा वसेका एक जनामा संक्रमण पुष्टि भएको कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार वडा नंं. ८, १७ र ११ का २२,३४ र ३१ बर्षीय उनीहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वाब साउन २१ गते लिईएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर