तुलसीपुरमा सेनेटरी प्याड उत्पादन तालीम

तुलसीपुर, २५ साउन ।

तुलसीपुर नगर जेसिजले एक दिने सेनेटरी प्याड निर्माण तालीम प्रदान गरेको छ । जेसिजको साताव्यापी कार्यक्रम अन्तर्गत आइतवार लिटिल हेभन मावि तुलसीपुरमा उक्त तालीम प्रदान गरिएको हो । तालीममा विद्यार्थीलगायत बिभिन्न ३५ किशोरीको सहभागिता थियो । अध्यक्ष मोहन सुनारको अध्यक्षतामा कार्यक्रमा तुलसीपुर उपमहानगरपालिकाका उप–प्रमुख माया आचार्यले महिलाहरुलाई अतिआबश्यक पर्ने प्याड निर्माणकालागि जेसिजले गरेको योग्दान महत्वपूर्ण रहेको बताईन् ।

कार्यक्रममा तुलसीपुर नगर जेसीजका पुर्व अध्यक्ष झरेन्द्र खरेल,महिलाअधिकारकर्मी सुष्मा गिरी,यमुना शाह लगायतले महिलाहरु सामाजिक संघसंस्थामा पनि क्रियाशिल हुनुपर्ने बताईन् । कार्यक्रमको मुल संयोजक पूर्ण बिक्रम डाँगीले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रम संयोजक कमल सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर