विद्यार्थी नेता विकको ‘हेलेक्स फेसन सप’ सञ्चालन

तुलसीपुर, २९ साउन ।

तुलसीपुरमा हेलेक्स फेसन सप सञ्चालनमा आएको छ । विद्यार्थी नेता दुर्गा विकले तुलसीपुरको सल्यानरोडमा उक्त पसल सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय युवाहरु विदेश पलायन हुने अबस्था आएको भन्दै स्वदेशमै व्यबसाय गर्नुपर्ने भन्दै आफुले फेन्सिपसल सञ्चालनमा ल्याएको उनले बताए । उनका अनुसार आफु लामो समयदेखि नै व्यबसाय क्षेत्रमा क्रियाशिल रहेको भन्दै व्यबसायमै रमाउन सिकेको समेत उनले बताए ।

उक्त पसलको बिहीबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरु रावतले उद्घाटन गरेका छन् । त्यस अवसरमा रावतले पसलको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) तुलसीपुुरका अध्यक्ष खुसीराम चौधरी, प्रदेश सदस्य रामबहादुर दहित, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, पूर्वध्यक्ष विमल रिजाललगायतको सहभागिता रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर