सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा औषधी नष्ट
अजय मिश्र, कृष्णनगर, साउन २९,
सशस्त्र प्रहरी बल कृष्णनगर ले आज आफ्नै गुल्म को प्रांगण मा औषधि नष्ट गरेको छ।
कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी सहायक हवलदार कमल प्रसाद पौडेलको ३ जनाको डिउटी टोलीले चेक जाच गर्दा झोला फाली मानिस भागेको र रकम सहित उक्त औषधि फेला परेको ले हिजो बराम गरिएको अबैध रकम संगै उक्त औषधि झोला मा रहेको थियो ।
(yogoras-10) 2 पत्ता,
(Flunarizine-5) 3 पत्ता,
(Alprazolm-05) 2 पत्ता,
(DiDiazepam) 15 पत्ता,
(Savazol-D) 3 पत्ता,
(Olmesertan medoxomil) 14 पत्ता,
(Zoryl m p_1) 13 पत्ता,
(Thitrac- plus) 3 पत्ता,
पत्ता औषधि रहेको छ ।
जस्को अनुमानित मूल्य सात हजार तीन सय छ्याहत्तर रहेको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे। क्वा। का सशस्त्र प्रहरी निरीक्षक संगित भट्ट ले जानकारी दिए ।
पत्रकार, कृष्णनगर स्वास्थ्य चौकी का प्रतिनिधि जमाल अहमद र सशस्त्र प्रहरी लगायत को रोहबरमा उक्त औषधि नष्ट गरिएको छ ।