तुलसी टोल विकास संस्थाको अध्यक्षमा डाँगी

तुलसीपुर, ३१ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मदननगर स्थित तुलसी टोल विकास संस्थाकोे अध्यक्षमा डम्बर डाँगीलाई चयन गरिएको छ । संस्थाको शनिबार भएको साधारणसभाले डाँगीलाई सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा पार्बती आचार्य, सचिबमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा उषा राईलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा कमल केसी, खुमबहादुर विकलाई चयन गरिएको छ । साथै आफु अध्यक्षमा निर्वाचित भएसंगै टोलको विकासमा अहोरात्र खट्ने अध्यक्ष डाँगीले बताए । उनले टोललाई समृद्ध बनाउनुकासाथै रुपान्तरणमुखी बनाउन पहल थाल्ने समेत बताए । डाँगी शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन् ।