दाङमा ९ जना कोरोना संक्रमित थपिए

तुलसीपुर, ३१ साउन ।
दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा शनिबार तुलसीपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार ७ पुरुष र २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रममित हुनेमा तुलसीपुर उपमहानगरपालिकाका १ , ४, ८, ९, १४ का १÷१ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर १५ का २ जना रहेका छन् । उनीहरु सबै भारतलगायत देशबाहिरबाट आएका हुन् ।
केसीका अनुसार ८ जना सेन्टर माबिको क्वारेन्टिनमा बसेका थिए, भने एक जना राप्ती लाईफ केयरको क्वारेन्टिनमा बसेका थिए । उनीहरुलाई उपचारकालागि कोरोना बिशेष अस्पताल बेलझुण्डी पठाईएको छ । यो संगै तुलसीपुरमा संक्रमितको संख्या ७७ पुगेको छन्, भने ६२ जना निको भएर घर फर्केका छन् ।