तुलसीपत्रको एक बर्ष पूरा
तुलसीपुर, २ भदौ ।
दाङबाट प्रकाशित तुलसीपत्र राष्ट्रिय दैनिक दुई बर्षमा प्रवेश गरेको छ । गएको बर्ष भदौ २ गतेप्रकाशित उक्त पत्रिका मंगलबारदेखि दुई बर्षमा प्रवेश गरेको हो । प्रकाशक मनुराज शर्माले पत्रिकालाई यो अबस्थासम्म ल्याउन सहयोग गर्नुहुँने सम्पूर्ण पाठक, विज्ञापनदाता, पत्रकार, स्तम्भकार, जनप्रतिनिधिलगायत सम्पूर्णमा धन्यवाद दिएका छन् ।
आगामी दिनमा पनि सहयोगको खाँजो रहेको उनले बताए । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा कार्यालय रहेको उक्त पत्रिकालाई दाङसहित साबिक राप्तीका सबै जिल्लामा पठाईएको छ ।
‘पत्रकारितामा नयाँ पन’ दिन बिभिन्न चुनौतिको पार गर्दै जनतालाई सु–सूचित गर्ने अभियानलाई निरन्तरता दिएको प्रबन्धक हेमराज डाँगीले बताए । यो बीचमा कोरोना सर्ने त्रासले केही समय पत्रिका प्रकाशन बन्द गरेको भएपनि अनलाईन संस्करण मार्फत नियमित नियमित सूचना प्रवाह गरिरहेको समेत बताए । पत्रिकालाई छोटो समयमा एउटा उचाईमा ल्याउन सफल भएको उनले बताए ।
सत्य, तथ्य र निष्पक्ष समाचार र सामग्रीले गर्दा नै छोटो समयमा पत्रिकालाई लोकप्रिय बनाउन सफल भएको पत्रिकाका प्रधानसम्पादक दीपक बोहराले बताए । उनले सार्वजनिक पदधारण गरेका व्यक्तिको दैनिकी, इतिहास, जीवनचक्रजस्ता स्तम्भले पनि थप उचाई चुम्न सफल भएको बताए । पत्रिकाकाको घोराही र लमहीमा शाखा कार्यालय रहेका छन् । पत्रिकामा अहिले दुई दर्जन बढि पत्रकार तथा कर्मचारीहरु आबद्ध छन् ।