सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकमा

घोराही, ४ भदौ ।

बैंकको पहुँच पुगेका स्थानीय तहमा अब सामाजिक सुरक्षा भक्ता अनिवार्य बैकिङ प्रणालीबाट मात्र वितरण गर्नुपर्ने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउन बैंक पुगेका स्थानीय तहमा अनिवार्य बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेको हो ।

अब स्थानीय तहले सबै लाभग्राहीको खाता खोली सोही खातामा सामाजिक सुरक्षा कार्यक्रमबाट पाउने रकम जम्मा गर्नु पर्ने भएको छ । सरकारले २०७३ सालबाटै भत्ता वितरणमा बैंकिङ प्रणाली शुरु गरेको थियो ।

तर, सबै स्थानमा बैंकको पहुँच नपुगेका कारण यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । स्थानीय सरकार गठन भएपछि भने सरकारले सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउने लक्ष्य लिएको छ । तर, अझै ६ वटा स्थानीय तहमा बैंकिङ सेवा पुगेको छैन । ७ सय ४७ स्थानीय तहमा भने बैकिङ सेवा पुगिसकेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर