बौलाह खोलामा बगेका ३ जनाको उद्धार, एकको अवस्था गम्भिर, मोटरसाईक ब्यपत्ता
भदौ ४
पश्चिम दाङमा बौलाह खोलामा बगेका तीन जनलाई स्थानीय र प्रहरीले उद्धार गरेका छन् । तुलसीपुरबाट शान्तिनगर गाउँपालिका–२ अमुवा जाँदै गरेको रा३प ८७२१ नम्बरको मोटरसाईकल सहित अुमवा निबासी करिब २४ बर्षका विकास बुढाथोकी २६ बर्षकी बिना बस्नेत र ८ बर्षका निशान बस्नेतलाई खोलाले बगाएपछि उद्धार गरिएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक तथा इन्चार्ज मोहन विक्रम केसीले जानकारी दिए ।
३ जना मध्य लक्ष्मीको अवस्था गम्भिर रहेको छ । लक्ष्मीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ डुरुवा निबासी बिना बस्नेत तिज मान्न पश्चिम दाङको अमुवा जाँदै थिइन् । मोटरसाईकलाई भने खोलाले बगाएको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । उनिहरुलाई खोलाले करिब ७ बजे बगाएको थियो