आज हरितालिका तीज पर्व मनाइँदै

सबिता राेका,

भाद्र ५ दाङ ।

आज हरितालिका तीज हिन्दू महिलाहरुले मलाउने एउटा महान चाड हो । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने विश्वास छ ।

शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा सामूहिक भेला हुन रोक लगाइएको छ। साथै पर्वका अवसरमा मन्दिरहरु पनि बन्द गरिएका छन्। बुधबार रातिदेखि निषेधाज्ञा लागू भएपछि यस वर्ष महिलाहरुले घरमै महादेवको पूजा आराधना गरी तीज मनाउँदै छन् ।

सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। दिन भरी ब्रत बस्दै महिलाहरुले बिषेश गरी असल पतिको अपेक्षा गर्र्नेे, विवाहित महिलाहरुले आफ्नो पतिको दिघार्यु, सुस्वास्थ्य, सफलता र इच्छा पुरा होस् भनी कामना गर्दै तिज मनाउने गर्दछन् ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले अघिल्लो दिन व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन्। विशेषगरी माइती अर्थात दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई मिठामिठा परिकारहरु खुवाउने गर्दछन्। तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर