थप ७४३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२,६७८ पुग्यो

नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ६७८ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर