दाङमा एक हप्ता लकडाउन घोषणा

दाङ १२ भदाै ।
दाङमा एक हप्ता सम्मका लागी लकडाउनको घोषणा गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आउदो आईतवार राती १२ बजेदेखी आगामी भदौ २१ गते राती सम्मका लागी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएको जिल्लाका पालिका स्तरका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायहरुको उपस्थितिमा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।
हाललाई एक हप्ताको समयअवधी निर्धारण गरेता पनि आगामी २२ गते पछिको अवस्थालाई मज्येनजर गदै फेरी अर्को निर्णय लिने उनले बताएका छन् । लकडाउन अवधी भर अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात क्षेत्र, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय , संघसंस्थाका कार्यालय लगाएत सम्पुर्ण बन्द हुनेछन् । साथै नागरिकहरु पनि अत्यवश्यक काम बाहेक अन्य समयमा घर बाहिर निस्कन रोक लगाईएको छ ।