दाङको तुलसीपुर राप्ती प्रादेशिक अस्पताल अनिश्चित कालका लागि सिल

१४ भदौ, दाङ ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सक सहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चित कालका लागि अस्पताल सिल गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ ।