पानीमा डुबेर २ जनाको मृत्यु
![](https://www.dangtvonline.com/wp-content/uploads/2020/03/Capturejbjhhg.jpg)
तुलसीपुर १४ भदौ ।
दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ धोब्ले बस्ने बिष्णु बिकका २ बर्षीय छोराको घर नजिकै कुलोमा डुबेर शनिबार बिहान साढे १० बजे मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राज कुमार बैदवारले जानकारी दिए ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ अक्कासी बस्ने ४० बर्षीय तेजबहादुर खड्का कुलोमा डुबेको अवस्थामा मृत फेला परेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ११ पत्रेफाल्ने खोलाको खेतमा जाने कुलोमा उत्तानो परेको अबस्थामा शनिबार बिहान मृत भेटिएका थिए ।