तुलसीपुर बजार सुनसान बाक्लो रुपमा सुरक्षाकर्मीको उपस्थिति

बसन्ती ओली
१५ भदौ, तुल्सिपुर ।
दाङमा बढ्दो संक्रमणलाई नियन्त्रणका लागि गए रातीबाट एक साताका लागि पुनः लकडाउन लागु भएको छ। तुल्सिपुर क्षेत्रमा लक डाउनलाई पालना गराउन बिहानैदेखि बाक्लो रुपमा सुरक्षाकर्मीको उपस्थिति रहेको छ।
दाङमा पुनः गरिएको लकडाउनलाई कडाइका साथ लागु गरिएको छ। जस्ले गर्दा दाङका प्रमुख ब्यापारीक केन्द्रहरू संगै तुल्सिपुर पनि बिहानै देखि सुनसान रहेको छ।
कोरोना भाइरस तिव्र गतीमा गाउ समुदायमा फैलेपछी भयावह हुन नदिन फेरी लकडाउन सुरु भएको हो ।
दैनीक प्रयोग हुने अती आवश्यक उपभोग्य सामान बाहेक अरु सम्पुर्णमा हिड्डुल गर्न निषेध गरिएको छ।