पुजारी हत्याको आरोपमा 2 जना पक्राउ
१५ भदौ, काठमाडौं ।
रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामनरेश पटेल र बालकुमार पटेल छन् ।
भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको हो ।
हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।
प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल फरार छन् ।
प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको प्रहरी स्रोतले बतायो ।
गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
प्रकरणको एक साता वितिसक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै नागरिकले विरोध जनाइरहेका थिए ।